राष्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
काठमाडाैं | माघ १०, २०८१
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राजदूतले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो।
राष्ट्रपति कार्यालयका अनुसार जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लिामक गणतन्त्र इरानका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

